कांग्रेस मुख्यालयमा शेखर समूहको धर्ना सुरु

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस डा. शेखर कोइराला समूहले धर्ना सुरु गरेको छ।

निर्वाचनमा समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा शेखर समूहले धर्ना सुरु गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीमा एकलौटी मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको संस्थापनइतरको आरोप छ ।

शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ ।

यसअघि हिजो कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रको सहमतिबाटै बन्दसूचीमा नाम पठाइएको बताउनुभएको थियो ।

आज बिहान बालुवाटारमा शेखर समूहको माग सम्बोधन गर्न कांग्रेस पदाधिकारीबीच छलफल भएको थियो।

Back to top button