सल्यान जीप दुर्घटनाप्रति कांग्रेसद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले सल्यान जीप दुर्टनामा ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेको छ।

कपुरकोट गाउँपालिका–३ मुलपानीनजिक आज बिहान भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

सो विज्ञप्तिमा भनिएको छ,‘दुर्घटनामा परी जीवन गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

देशभरका राजमार्ग तथा कच्ची बाटाहरु बाढी र पहिरोले बिग्रेकाले चाडबाडको समयमा यात्रा गर्दा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ । साथै सवारी साधनको नियमित परीक्षण, मर्मतसम्भार, सीटसंख्या अनुसार यात्रुहरुको व्यवस्थापन र समय तालिका अनुसार सवारी साधन सञ्चालन गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मनसूनको प्रभाव अझै नसकिएको र देशभरका राजमार्ग तथा कच्ची बाटाहरु बाढी र पहिरोले बिग्रेको अवस्था रहेकोले दशैं, तिहार र छठ जस्ता चाडबाडको समयमा यात्रा गर्दा जोखिमलाई ध्यानमा राख्न सवारी साधन धनी, चालक दलका सदस्य, यात्रुहरु र सडक यातायात तथा सवारी साधन व्यवस्थापनमा सक्रिय नेपाल प्रहरी, राजमार्ग यातायात संचालक समिति र स्थानीय निकायका संबन्धित अधिकारीहरुलाई अनुरोध गर्दछु ।

सवारी साधनहरुको नियमित परीक्षण, मर्मतसंभार, सीटसंख्या अनुसार यात्रुहरुको व्यवस्थापन र समय तालिका अनुसार सवारी साधन सञ्चालन गर्नेतर्फ ध्यान दिन पनि म सम्बन्धन्ति सबैमा हार्दिक अनुरोध गर्दछु ।’

Back to top button