सिट बाँडफाँडका लागि आज पनि गठबन्धन बैठक बस्दै

काठमाडौं । हिजो संघीय निर्वाचन क्षेत्रको सिट बाँडफाँडमा मोटामोटी सहमतिमा पुगेको पाँच दलीय गठबन्धनले आज पनि छलफललाई निरन्तरता दिने भएको छ ।

कार्यदल तहले प्रदेशसभा तर्फको सिट बाँडफाँडका विषय निरन्तर छलफल गरिहेको छ। त्यसकै आधारमा प्रदेशको सिट टुंगो लगाउन आज पनि शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।

गएराति पाँच दलले पाउने सिट संख्या र निर्वाचन क्षेत्रसमेत फाइनल गरेका छन्। जसमा कांग्रेसले ८५ सिट, माओवादीले करिब ४५, एकीकृत समाजवादीले १७, जसपाले १२ र जनमोर्चाले २ सिट पाउने समझदारी भएको छ।

१० वटा जति निर्वाचन क्षेत्रमा नेताहरुको व्यवस्थानका कारण दोहोरो तेह्रो दाबी परेको छ। जसलाई आजको बैठकले अन्तिम रुप दिने जसपाका नेता मनिष सुमनले जानकारी दिनुभयो।

संघीय निर्वाचन क्षेत्रको सिट बाँडफाँड लगभग टुंगिएकाले प्रदेशको बाँडफाँडमा त्यसले सहजता थपिएको नेताहरुको भनाई छ ।

प्रदेशसभा तर्फ ३३० सिट छन्। असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन भएकाले त्यसअघि नै सिट बाँडफाँडलाई अन्तिम रुप दिने दबाबमा पाँच दल छन्।

Back to top button