छोराको हत्या गरी फरार व्यक्ति पक्राउ

काठमाडौं । दुई दिनअघि आफ्नै छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

४५ वर्षीय लौरंगले असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेक थारुलाई फुटेको बियकारे बोतलले पेटमा प्रहार गरेको प्रहरीले जनाएको छ । विवेकको सोही दिन अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

सोही दिनदेखि फरार रहेका लौरंगलाई आज बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

लौरंगमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button