आज सुनको मूल्य २ सयले बढ्यो,चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार र तेजावी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन हिजो सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको थियो। हिजो सुन तोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Back to top button