राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई भोली दशैंको टिका लगाइदिने हुनुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भोली विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उहाँले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिनुहुनेछ ।

सर्वसाधारणका लागि दिउँसो ३ देखि ५ बजे सम्मका लागि टिका ग्रहण गर्ने समय छुट्याइएको छ । टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनरोध गरेको छ ।

Back to top button