भान्जाको दाउ प्रहारबाट मामाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा गएराती घरायसी विवादमा भान्जाले टाउकोमा दाउ प्रहार गर्दा मामाको मृत्यु भएको छ ।

गएराती पौने १० बजेतिर उर्लाबारी–८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.– १ का ४२ वर्षीय काजी मोहरालाई भान्जा २२ वर्षीय सुजन पाचकोटीले दाउले प्रहार गरेको प्रहरीले जनाएको छ ।

घरायसी वादविवादको क्रममा भान्जाले दाउले टाउकोमा प्रहार गरेर गम्भिर घाइते हुनुभएका मोहराको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न सुजनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले पक्राउ गरि आवश्यक कारवाही अघि बढाएको जनाएको छ ।

Back to top button