प्रधानमन्त्री देउवाको गृह जिल्लामा मतगणना सुरु

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणना सुरु भएको छ। आज दिउँसो साढे ३ बजेदेखि मतगणना सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका अनुसार ५६ दशमलव ६४ प्रतिशत मत खसेको हो।

जिल्लामा कूल मतदाता ९१ हजार २ सय १ रहेकोमा ५१ हजार ६ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेले जानकारी दिनुभएको छ ।

जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा क्षेत्र रहेको छ। प्रतिनिधिसभाको एक सिटका लागि ८ जना चुनावी मैदानमा रहेका छन्।

Back to top button