माछापुच्छ्रे बैंकको अध्यक्षमा महतो

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त हुनुभएको छ । सोेमबार बसेको सञ्चालक समितिले उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते दिएको राजीनामा सञ्चालक समितिले सोमबार स्वीकृत समेत गरेको हो।

उहाँको राजीनामा स्वीकृत भएसँगै संथापक सेयरधनीबाट उपेन्द्र महतोलाई अध्यक्ष चयन गरिएको बैंकले जनाएको छ।

Back to top button