उदयपुरमा समानुपातिकतर्फ पहिलो दल एमाले

उदयपुर । जिल्लामा ५ वटा सिट गुमाएको नेकपा एमाले समानुपातिकतर्फ अब्बल देखिएको छ । प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ गरी ६ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा समानुपातिकतर्फ एमाले पहिलो नम्बरमा दर्ज भएको हो ।

सत्तारुढ गठबन्धनसँग चुनावी मैदानमा होमिएको एमालेले प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं २ मा अम्बरबहादुर रायमाझीले मात्र प्रत्यक्षमा विजयी हुनुभएको छ । बाँकी ५ वटा क्षेत्रमा लोकतान्त्रिक–वामगठबन्धन समूहले नै जित निकालेको छ ।

निर्वाचनको अन्तिम मतपरिणाम आउँदा जिल्लाभरबाट एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा ३७ हजार ६ सय ९९ मत पाएको छ । जसमा क्षेत्र नं. १ बाट २३ हजार ८ सय ३६ र क्षेत्रनं. २ बाट १३ हजार ८ सय ६३ मत पाएको हो ।

प्रदेशसभातर्फ एमालेले ३९ हजार ७ सय ५४ मत प्राप्त गरेको छ । जसमा २५ हजार ७५ मत क्षेत्र नं. १ बाट र १४ हजार ६ सय ७९ मत क्षेत्र नं. २ बाट प्राप्त भएको हो । यस्तै, कांग्रेसले प्रतिनिधिसभातर्फ २९ हजार ९ सय ९४ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ को १९ हजार ४ सय ७९ र क्षेत्रनं. २ बाट १० हजार ५ सय १५ मत प्राप्त भएको हो ।

कांग्रेसले प्रदेशसभामा ३० हजार १ सय ४५ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ बाट १९ हजार ५ सय ४७ र क्षेत्र नं. २ बाट १० हजार ५ सय ९८ मत प्राप्त गरेको हो । एमाले र कांग्रेसपछि नेकपा माओवादी केन्द्रले तेस्रो स्थान पाएको छ । माओवादीले १७ हजार १ सय ४५ मत प्रतिनिधिसभामा प्राप्त गरेको छ ।

जसमा क्षेत्रनं. १ बाट ९ हजार ७ सय ३९ र क्षेत्र नं. २ बाट ७ हजार ४ सय ६ मत प्राप्त गरेको हो । माओवादीले प्रदेशसभामा क्षेत्र नं. १ बाट ८ हजार १ सय ७१ र क्षेत्र नं. २ बाट ७ हजार ३ सय २६ मतसहित कुल १५ हजार ४ सय ९७ मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभातर्फ चौथो स्थानमा पुराना पार्टीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी पुगेको छ । उक्त पार्टीले ११ हजार १ सय ४३ मत प्राप्त गरेको छ । त्यसैगरी पाँचौमा राप्रपा, छैठौंमा नेकपा एकीकृत समाजवादीले स्थान ओगटेका छन् ।

यस्तै, मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा कांग्रेसभन्दा एमालेको ७ हजार ७ सय ५ मत बढि रहेको छ । त्यसैगरी प्रदेशतर्फ ९ हजार ६ सय ९ मत एमालेको कांग्रेसभन्दा बढि छ ।

Back to top button