नवलपरासीमा बस दुर्घटना हुँदा १७ जना घाइते

नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बसलाई ट्रकले ठक्कर दिदा बसमा सवार १७ जना यात्रु घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।

बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ बजे ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना यात्रु थिए । अन्य यात्रुहरु सकुशल रहेको पाठकले बताउनुभयो ।

Back to top button