मोरङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाँउमा आज मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

स्थानीय ६५ वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको हो। गम्भीर घाइते हुनुभएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले आज बिहान साढे ६ बजे बाटो क्रस गर्दै गर्नुभएका कार्कीलाई ठक्कर दिएको हो।

मोटरसाइकल चालक बेलबारी नगरपालिका–११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

Back to top button