
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न अमेरिकी राजदूत थम्पसन हिजो अपरान्ह बालुवाटार पुग्नुभएको थियो ।
संसदीय दलको नेताका लागि उमेदवारी दर्ता गरेर फर्केपछि अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको बालुवाटार स्रोतले बताएको छ।
राजदूत थम्पसनले पछिल्लो राजनीतिक अवस्था, संसदीय दलको निर्वाचन, सम्भावित सत्ता समिकरणलगायत विषयमा चासो राख्नुभएको थियो।