नेपालको स्वास्थ्य अवस्था बुझ्न देउवा र प्रचण्ड अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ ।

देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता चयन भएपछि सत्ता गठबन्धनका अर्का नेता प्रचण्डसहित नेपाललाई भेट्न अस्पताल पुग्नुभएको हो ।

छातिमा संक्रमण देखिएपछि नेपाल हिजो अस्पताल भर्ना हुनुभएको हो । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ। छाति रोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोलीले नेपालको उपचार गरिरहेको छ।

उपचारका क्रममा भेटघाट बन्द गरिएको थियो । स्वास्थ्यमा केही सुधार आएसँगै गठबन्धनका दुई शीर्ष नेता उहाँलाई भेट्न पुग्नुभएको हो ।

Back to top button