ब्राजिलका सेनाप्रमुख सहित दर्जनौं सैनिक अधिकृत बर्खास्त

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला इनासियो दा सिल्भाले सेना प्रमुख जुलियो सेजार दे आरुदालाई बर्खास्त गर्नुभएको छ ।

दुई हप्ता अघि ब्राजिलको राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतका सरकारी भवनमा हजारौंको संख्यामा दक्षिणपन्थी प्रदर्शनकारीहरुले गरेको तोडफोड रोक्न सुरक्षा संयन्त्र चुकेको भन्दै सेना प्रमुखलाई बर्खास्त गरिएको हो ।

लुलाले सैन्य बल प्रदर्शनकारीहरुको पक्षमा रहेको आशंका गर्दै दर्जनौं सैनिक अधिकृतहरुलाई बर्खास्त गर्नुभएको छ । राजप्रसाद, कंग्रेस र सर्वोच्च अदालतका भवनहरुमा क्षति पुगेको र त्यस बखत दुई हजार व्यक्तिलाई हिरासतमा लिएको थियो।

सर्वोच्च अदालतले यसबारे छानबिन गर्ने र पूर्व राष्ट्रपति जयर बोल्सोनारोलाई दंगा उक्साएकोमा अनुसन्धान गर्ने भनिएको छ।

Back to top button