मधेस प्रदेशसभामा माओवादीका २ सांसदको शपथ आज

जनकपुर । मधेस प्रदेशसभामा नेकपा माओवादी केन्द्रका समानुपातिक सांसद माला कुमारी कर्ण र मो. रजी हैदरको शपथ आज हुने भएको छ।

समानुपातिक सांसद माला कुमारी कर्ण र मो. रजी हैदर प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्ने लगायतको बाँकी निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्ने सर्वोच्च अदालतबाट मंसिर २९ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो। सोही आदेशलाई आधार मानी प्रदेशसभा सचिवालयले सपथ ग्रहण सम्बन्धी सम्पूर्ण कार्यमा रोक लगाएको थियो।

सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदरलाई कलस्टर विवादका कारण सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। तर सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई नै सदर गरेपछि दुवैजनाले आज सभामुख रामचन्द्र मण्डलबाट सपथ ग्रहण गर्ने हुनुभएको छ ।

Back to top button