दान पेटिकामा संकलन भएको रकममा तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको घोषणा

काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताउनुभएको छ ।

दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले आफ्नो १ महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

मन्त्री भएपछि किरातीले खादा र माला लगाएर बधाई दिनुको सट्टा सहयोग गर्न भन्दै मन्त्रालयमा दान पेटिका राख्नुभएको थियो ।

बिदाबाहेक ७ दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो १ महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४ सय ३४ रकम जम्मा भएको मन्त्री किरातीले बताउनुभयो ।

संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उहाँले बताउनुभयो । विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।

Back to top button