नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजेलाई बोलाइएको महासचिव देव गुरुङले बताउनुभएको छ ।

बैठकमा पार्टीक आन्तरिक गतिविधि, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । यसअघि बुधबारलाई बोलाइएको स्थायी कमिटीको बैठक आन्तरिक गृहकार्य नपुगेको भन्दै आजसम्मलाई स्थगित गरिएको थियो।

माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो।

मंगलबारको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो।

Back to top button