सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ४ हजार ८ सयमा कारोबार

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य हिजोको तुलनामा प्रतितोला २ सयले बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय छ। यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार १ सय थियो।

यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर १ हजार ३ सय १५ तोकिएको महासङ्घले जनाएको छ।

Back to top button