नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर । विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित हुनुभएको छ । सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष हुनुभएको हो ।

फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट निवर्तमान संयोजक बस्नेत निर्वाचित हुँदा पदाधिकारि र आयोगका पदाधिकारि भने केहिदिन पछि मात्रै टुङ्गो लगाइने भएको छ ।  बस्नेत नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य समेतको जिम्मेवारिमा हुनुहन्छ ।

बन्द सत्रको दौरानमा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको दुर्घटनामा परि निधन भएपछि बन्दसत्रको हलले सर्वसम्मत नेतृत्व चयन गर्न म्याण्डेड दिएको थियो ।

आज अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रिय कमिटी घोषणा भएको छ । टुङ्गिन बाँकी रहेका पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रिय कमिटीको बैठकबाट टुङ्गो लाग्ने बताइएको छ ।

यसैबिच नेकपा एमाले विराटनगर महानगरकमिटीका सचिव रोहित कोइराला, शितल राय र शान्ता डंगोल पनि महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ ।

Back to top button