राष्ट्रपतिबारे निर्णय लिन भोलि ४ दलको निर्णायक वार्ता हुने

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिएसँगै राजनीतिक दल आन्तरिक छलफलमा जुटेका छन्। आज बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालको बैठक जारी छ।

बैठक राष्ट्रपति निर्वाचनकै विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रपतिको मनोनयन दर्ता भोलि फागुन १३ गते हुनेछ। मनोनय दर्ता अघि ४ राजनीतिक दलले निर्णायक वार्ता गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार ४ दलको निर्णायक वार्ता भोलि बिहान साढे ८ बजे बस्नेछ।

Back to top button