सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई नाउपाले पनि विश्वासको मत दिने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि विश्वासको मत दिने भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तय भएको छ ।

यसअघि विश्वासको मत नदिने निष्कर्षमा पुगेको नाउपाले अन्ततः पक्षमा मतदान गर्ने भएको हो । पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिएको बताउनुभयो।

केन्द्रमा नयाँ समीकरण बनेसँगै विश्वासको मत पाउन ढुक्क बन्नुभएका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट दुईतिहाइ मत पाउने देखिएको छ । गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिने भएका छन् ।

Back to top button