
काठमाडौं । सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन तोलामा १ हजार रुपैयाँले घट्को सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार रूपैयाँ तोकिएको छ।
हिजो ३०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी ४० रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।