
काठमाडौं । आज सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ। हिजो प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ।
हिजो प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको छ।