
काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ। आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय बढेर प्रतितोला १ लाख ९ हजार ८०० कायम भएको छ।
अघिल्लो कारोबार दिन हिजो सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० पुगेको छ। हिजो तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ तोकेको थियो।
यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो प्रतितोला चाँदी १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो।