
भारतमा फेरि कोरोना भाइरस संक्रमण बढेको छ। भारतको राजधानी नयाँ दिल्ली र महाराष्ट्रलगायत विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएका छन्।
हिजो मात्रै महाराष्ट्रमा ४ सय ३७ जना र दिल्लीमा १ सय ३९ जनामा संक्रमण देखिएको थियो। योसहित देशभर १ हजार ५ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १ सय ४६ दिनपछि देशभर एकै दिन यति धेरै बिरामी भेटिएका हुन्।
भारतमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ६ सय १ पुगेको छ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले एक सुझाव जारी गरेको छ। कोभिडबाट बच्न ३–टी सूत्र सुझाव दिइएको छ। यी ३–टीहरू ट्र्याकिङ, खोप र परीक्षण हुन्।
दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले सहरका अस्पतालमा इन्फ्लुएन्जाका धेरै केसहरू नभएको र स्थितिलाई नजिकबाट नियालिरहेको बताउनुभयो।
यस्तै, इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) ले इन्फ्लुएन्जाका केसहरूमा वृद्धि H3N2 भाइरसका कारण हुनसक्ने बताएको छ।