
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारे रोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आज न्यूरो हस्पिटलदेखि सुरू भएको सचेतनामुलक र्यालीले विराटनगर महानगरपालिका भित्रका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।
र्यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता थियो । ‘छारे रोग बारे घर– घर, टोल टोलमा कुरा गरौ, छारे रोग सरुवा रोग होइन्, समयमै उपचार गरे छारे रोग ठिक हुन्छ, लगायतका प्लेकार्डसहित सचेतना र्यालीमा सहभागि रहेका थिए ।
विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्ता दिनसम्म निःशुल्क ओपीडि सेवा सुरु गरेको छ । चैत १२ देखि १७ गतेसम्म छारे रोग सम्बन्धि उपचार सेवाको लागि हस्पिटलले ओपीडि सेवा निःशुल्क राखेको छ ।
स्वास्थ्य जाँच गरिएका विरामीहरुको लागि औषधी पनि वितरण गरिने हस्पिटलले जनाएको छ । न्यूरो हस्पिटलले प्रत्येक वर्ष विश्व छारे रोग दिवसमा सचेतनामुलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।
समयमै उपचार गरौं, छारे रोगबाट बचौं भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतना मुलक कर्यक्रम गर्दै आएको छ । यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरुमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्यूरो हस्पिटल अग्रसर भएर लागी पर्दै अभियान सुरू गर्ने गरेको छ ।
२२ वर्षदेखि निरन्तर न्यूरो हिस्पटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रभाह गरेको कारणले यो अस्पताल विरामीहरूको लागि रोजाइको पहिलो गन्तब्य बन्ने गरेको छ ।