सेयर बजारमा गिरावट, कारोबार रकम पनि ८९ करोडमा खुम्चियो

काठमाडौं । लगातार ३ दिन उकालो लागेको सेयर बजारमा आज गिरावट आएको छ ।

आज नेप्से परिसूचक १० दशमलव ८७ अंकले घटेर १९०८ दशमलव ५५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १ दशमलव ६६ अंकले घटेर ३५९ दशमलव ४८ विन्दुमा अडिएको छ।

कारोबार रकम भने हिजोको तुलनामा बढेको छ। आज २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सुपर माइ हाइड्रोपावरको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको हो। सिटीजन्स म्युचुअल फन्ड र कालिञ्चोक दर्शनको सेयर मूल् ६ प्रतिशत बढिले बढेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५ करोड बढिको सेयर कारोबार भयो। यस्तै हिमालयन डिस्टिलरीको ३ करोड र जीवन विकास लघुवित्त वित्तीयको २ करोड बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो। ​​​​​​​अदर्श उपसमूहको सूचक सर्वाधिक १ दशमलव ११ प्रतिशतले ओरालो लाग्यो।

Back to top button