वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन, तर तत्काल कसैसँग पार्टी एकता गर्दैनौं : नेता खनाल

जनकपुर। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

अन्य दलहरुसँग मिलेर जाने कुरा बेग्लै भएपनि एसले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको नेता खनालको भनाइ छ ।

यद्यपि वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । जनकपुर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशका विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताउनुभयो ।

उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि? भन्ने संचारकर्मीको प्रश्नमा उहाँले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताउनुभयो । नेता खनालले राष्ट्रियतामाथि संकट बढीरहेको समेत बताउनुभयो ।

Back to top button