जहदामा मकैबारिबाट ४ सय केजी भन्दा बढि गाँजा बरामद(भिडियोसहित)

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट ४ सय केजी भन्दा बढी गाँजा बरामद भएको छ । जहदा– २ बेरियारी टोल बस्ने मो. मजेबुल मियाँको मकै बारिमा लुकाई राखेको अवस्थामा गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जनकुमार दाहालका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो रानीको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।

बरामद गाँजा १४ वटा बोरामा ४ सय २२ केजी ३३ किलोग्राम रहेको छ । उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button