विराटनगरमा खुल्ला कराँते प्रतियोगिता सुरू, भारत, भुटान र नेपालका ९ टिमको सहभागि

विराटनगर । विराटनगरमा खुल्ला कराँते प्रतियोगिता सुरू भएको छ । विराटनगरस्थित कभड हलमा आजदेखि खुल्ला कराँते प्रतियोगिता सुरू भएको हो ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ५ सहित, भारतका ३ र भुटान एउटा टिमको सहभागिता रहेको छ । भारतको कोलकत्ता, दार्जिलिङ्ग र खर्साङको सहभागिता रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालका तर्फबाट कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिम पनि सहभागि रहेको छ ।

५ लाख ४५ हजार खर्च हुने अनुमान रहेको प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागिता रहेको पोखरेलले बताउनुभयो । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

Back to top button