थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११६७ नमूना परीक्षण भएका मध्ये ३४ वटा नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३४ जनामा संक्रमण पुष्टि भएको हो। आज २३ जना कोरोनामुक्त भएका छन्।

हाल सक्रिय संक्रमित ८९ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ६७० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Back to top button