
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेको छ ।
जसपा संसदीय दलका नेता उपेन्द्र यादवले दलको विधान २०७८ को धारा १३ (१) अनुसार प्रदीप यादवलाई प्रमुख सचेतक नियुक्त गरेको बताउनुभएको छ ।
यस्तै, प्रदीप यादव पर्सा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।