घानामा डुङ्गा दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु

घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता भएका छन्।

राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएर दुर्घटना भएको उल्लेख गरेका छन् ।

रूखमा ठोक्किएपछि डुङ्गा डुबेको थियो । घटनास्थलबाट पाँचवटा शव निकालिएको छ। उक्त डुङ्गाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी छ। खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य जारी छ।

Back to top button