
जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिक आज बिहान बस पुलबाट खसेर दुर्घटना भएको छ। उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
स्थानीय बासिन्दा, सीआरपीएफ र एसडीआरएफले घटनास्थलमा मानिसहरूको उद्धार गरेको छ।
बस अमृतसरबाट वैष्णोदेवी जाँदै थियो। त्यसमा ७५ यात्रु सवार थिए। सबै यात्रु बिहारका हुन्। जम्मूका उपायुक्त अवनी लवासाले दुर्घटनामा ४ जना गम्भीर घाइते भएको बताउनुभयो। अरुलाई सामान्य चोट लागेको छ।
गम्भीर घाइतेलाई जीएमसी जम्मुमा भर्ना गरिएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।