पाँचथरको एक घरमा आगलागी हुँदा १ करोड ५० लाखको क्षति

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ भञ्ज्याङका पञ्चबहादुर चेम्जोङको घरमा आगलागी हुँदा १ करोड ५० लाख बराबरको क्षति भएको छ ।

भान्सा घरबाट सुरु भएको आगलागीले नजिकै रहेको चेम्जोङको ३ तले घर जलेर खरानी भएको थियो । आगलागीबाट घरमा भएको ७ तोला सुन, ३० तोला चाँदी, ५ लाख नगद, पार्किङ गरी राखेका ३ वटा मोटरबाईक, एउटा स्कुटर र किराना पसल समेत जलेर खरानी भएको हो ।

प्रहरीका अनुसार पार्किङ गरेर राखिएको वा ७८ प ११३७, वा ५३ प ४०३८ र नम्बर नखुलेको गरी ३ वटा मोटरबाईक जलेका हुन् । यस्तै, गरी मे ७ प १६८४ नम्बरको स्कुटर समेत जलेको छ । आगलागीले चेम्जोङको २ घरमा रहेका सबै सामग्रीहरु जलेका छन् ।

Back to top button