भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताउनुभएको छ ।

संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताउनुभएको हो । ‘यो विषय सरकारको नोटिसमा छ,’ उहाँले भन्नुभयो, ‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’

बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यस्तै, यस विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि टिप्पणी गर्दै भारतीय नेतृत्वले स्पष्ट पार्नुपर्ने बताउनुभएको थियो ।

Back to top button