
काठमडौं । बजेटले सूचीकृत कम्पनीको अर फर्स्यौट भइसकेको पुराना करको विषय उठाएसँगै सेयर बजारमा भारी गिरावट भएको छ ।
हिजो अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको २०८०–८१ को बजेट सार्वजनिक गर्दै आर्थिक विधेयकमा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको लाभमा कर तिर्नुपर्ने कर तिर्नेलाई शुल्क तथा ब्याजमाछुट दिने निर्णय व्यवस्था गर्नुभएको छ ।
जसले गर्दा आज सेयर बजार सुरुवाती समयबाट नै उच्च गिरावट भएको छ । आइतबार १९४१ दशमलव ७७ अंकमा बन्द भएको नेप्से आज ५१ अंक भन्दा बढीले गिरावट भएर करिब साढे १२ बजे १८९० दशमलव ५२ अंमकसम्म झरको थियो । तर, त्यसपछि सुधारोन्मुख हुँदै यो समाचार तयार गर्दै गर्दा १२ः४० मा नेप्से ४३ दशमलव ८५ अंकको गिरावट भएको छ ।
यस्तै, कारोरबार रकम करिब १ अर्ब १४ करोड पुगेको छ ।