बजेटको केही बुँदा पढ्नै छुटाएको अर्थमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पढ्ने क्रममा केही बुँदा पढ्न छुटेको स्वीकार गर्नुभएको छ । उहाँले शिक्षाको बजेटका केही बुँदा संसदमा पढ्न छुटाउनुभएको थियो।

हिजो अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले केही बुँदा छुटेको स्वीकार गर्नुभयो ।

‘पढ्न छुटाएको सत्य हो । टाँसिएर अर्को पेजमा पुगेको छ’, बुढानीलकण्ठ जस्ता स्कुल सातै प्रदेशमा लैजानेबारे अध्ययन गर्ने लगायतका बुँदा छुटेको भन्दै उहाँले हाँस्दै भन्नुभयो,‘तर त्यो रेकर्डमा छँदैछ ।’

Back to top button