थप ४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या २२

काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७ सय ४० नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ सय ८० र एन्टिजेनबाट ५ सय ६० नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Back to top button