सिटिईभिटीको जीप सुनकोशीमा खस्यो, यात्रु र गाडी बेपत्ता

काठमाडौं । काठमाडौंबाट खोटाङ जाँदै गरेको सिटिईभिटीको स्कर्पियो जीप सुनकोशीमा खसेको छ।

आज बिहान करिब ११ः३० बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित लौकुनाबाट करिब १ सय ५० मिटर तल सुनकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवि दाहालले जानकारी दिनुभयो।

गाडीमा सवार चालकलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि हस्पिटल लगिएको छ भने ३ यात्रु र गाडी सुनकोशीमा बेपत्ता भएको डिएसपी दाहालले बताउनुभयो।

घटनाबारे थप अनुसन्धान सुरु भएको डिएसपी दाहालले जानकारी दिनुभयो। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Back to top button