राष्ट्रपति पौडेलद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशमा गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

आज राष्ट्रपति पौडेलले ब्रुनाई दारुसलाम,गणतन्त्र चिलि, क्रोसिया, गणतन्त्र काजखस्तान, लिथुआनिया र प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियामा आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मलेसियाका आवासीय राजदूत डिल्लीराम पौडेललाई ब्रनाई दारुसलामको आवासीय राजदूत,ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलीको आवासीय राजदूत र अस्ट्रियाका आवासीय राजदूत भरतकुमार रेग्मीलाई क्रोसियामा गैरआवासीय राजदूत नियुक्त गरिएको हो।

यस्तै, रुसी महासंघको आवासीय राजदूत मिलनराज तुलाधारलाई गणतन्त्र काजखस्तानको गैरआवासीय राजदूत,डेनमार्कको आवासीय राजदूत प्रा.डा.राम स्वार्थ राय र इजिप्टका आवासीय राजदूत सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाको गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यस्तै, नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले ६ जना आवासीय राजदूतलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

Back to top button