
काठमाडौं । आगामी महिना भारतको बेङ्लोरमा आयोजना हुने पुरूष साफ च्याम्पियनसीपका लागि नेपाली राष्ट्रिय पुरूष फुटबल टीमको घोषणा भएको छ । आज मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वर्टो अनिसले साफका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गर्नुभएको हो ।
नेपाली टीममा विमल घर्ती मगरले पुनरागमन गर्नुभएको छ । यसअघि दशरथ रंगशालामा आयोजना भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा विमल टीममा पर्नुभएको थिएन् ।
यस्तै, भिन्सेन्जोले साफका लागि टीममा ३ नयाँ अनुहार समेटनुभएको छ । मिडफिल्डर बिमल पाण्डे, सिमन्त थापा र लाकेन लिम्बू पहिलो पटक टीममा पर्नुभएको हो ।
साफ खेल्ने नेपाली टीमः
गोलकिपरः किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की
मिडफिल्डरः पुजन उपरकोटी, एरिक बिष्ट, नवीन लामा, मणि कुमार लामा, लाकेन लिम्बू, आभाष लामिछाने
डिफेन्डरः बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा
फर्वाडः दीपकराज सिंह ठकुर, आयुष घलान, नवयूग श्रेष्ठ, अन्जन विष्ट, आषिस चौधरी, मनिष डाँगी, बिमल घर्ती मगर