कालो झण्डा देखाउनेलाई योगेश भट्टराईको सुझावः एमालेलाई धम्क्याएर हैन वार्ताबाट समाधान खोज्नुहोस

विराटनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताउनुभयो । भट्टराई ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धी र चुनौति विषयक अन्तरसंवादमा भाग लिन इलाम पुग्नुभएको थियो ।

भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचानपक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि केहि ब्यक्तिहरुले कालोभण्डा प्रदर्शन गरेका थिए ।

यस विषयमा एमाले सचिव भट्टराईले कोशी सन्देशसँगको कुराकानीमा केही ब्यक्तिहरुले कालो झण्डा देखाएको स्विकार गर्नुभयो । उहाँले प्रतिकृया दिँदै भन्नुभयो, उहाँहरुलाई कालो झण्डा देखाउने अधिकार पनि हामीहश्रले ल्याएका हौं, तर नेकपा एमालेलाई धम्याएर हैन लखेटेर उहाँहरुको माग पुरा हुँदैन । वार्ता र सम्वादको माध्यमबाट समाधान खोज्न आए एमाले हरपल तयार छ ।’

Back to top button