
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनुभएको हो ।
नवनिर्वाचित सभापति थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ ।
गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो ।
यस्तै, शपथ ग्रहणलगत्तै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्दै छ ।







