नेकपा एस सुर्खेत अध्यक्ष बडुवाल एमालेमा

सुर्खेत । नेकपा एकीकृत समाजवादी (एस)सुर्खेत अध्यक्ष मोहनसिंह बडुवालसहित ६२ जना एमालेमा प्रवेश भएका छन् ।

एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

पार्टी विभाजन हुनु भन्दा अगाडि बडुवाल एमालेको जिल्ला सचिव हुनुहुन्थ्यो । पछि नेकपा विभाजनपछि उहाँ माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको थियो ।

२०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लड्नुभएका बडुवाल पराजित हुनुभएको थियो । समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनमा रहेकाहरु पनि एमालेमा फर्केका छन् ।

Back to top button