एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भयो।

खतिवडाका अनुसार आगामी माघ १४ गतेदेखि सुरु हुने पार्टीको दसौँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकले रिक्त स्थानमा केही नेताहरूलाई जिम्मेवारी समेत तोक्ने तयारी गरेको छ ।

गत भदौ ७ गते सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

Back to top button