एसका उपमहासचिव खतिवडालाई मातृशोक

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उहाँकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको कृषिमन्त्री एवं एसका उपाध्यक्ष डा. बेदुराम भुसालले जानकारी दिनुभएको छ ।

मालतीका १ छोरा र ३ छोरी हुनुहुन्छ। उहाँको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

Back to top button