नेकपा एसका उपमहासचिव तुलाधरलाई पितृशोक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गङ्गालाल तुलाधरका पिता रामबहादुर तुलाधरको निधन भएको छ। तुलाधरको पाटन अस्पतालमा उपचारका क्रममा ९७ वर्षका उमेरमा निधन भएको हो ।

उहाँ उच्च रक्तचापलगायत रोगबाट पीडित हुनुहुन्थ्यो । पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले अन्तन्तै मर्माहत तुल्याएको बताउनुभएको छ ।

खनालले आज एक शोक सन्देश जारी गर्दै तुलाधरप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

Back to top button