मुख्यमन्त्री कार्कीको सपथग्रहण भोली हुने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण भोली दिउँसो १ बजे हुने भएको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कार्कीले नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिनुभएको थियो । उक्त हस्ताक्षरको सनाखतपछि प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेश गरेका थिए । तर अन्तिम समयमा आफ्नो दाबी नपुग्ने भएपछि हस्ताक्षर सनाखतमा जानुभएन ।

प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ ।

Back to top button